वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, चारजना घाइते (फोटोफिचर)
काठमाडौं, साउन १७ : वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ। अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएपछि प्रहरीले...काठमाडौं, साउन १७ : वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ। अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रहरीले लाठीचार्ज गरेपछि चारजना प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको सोही अस्पतालस्थित इमर्जेन्सीमा उपचार भइरहेकाे छ ।
वीर अस्पतालमा कोभिड युनिफाइड अस्पताल बनाउने भन्दै प्रमुख प्रशासकीय अधिकारीमा डा. गौतम नियुक्त गरिएको तर लामो समय बित्दा पनि कुनै काम हुन नसकेपछि आफूहरू आन्दोलनमा उत्रिनुपरेको प्रदर्शनकारीको भनाइ छ।
अस्पतालमा आर्थिक अनियमितता बढेको पनि उनीहरूले बताएका छन्। आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोरोना जोखिम भत्ता केही नपाएको गुनासो उनीहरूले गरेका छन्।
प्रकाशित मिति: १७:०७ बजे, आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१