Kathmandu Press

बाजागाजासहित भित्र्याइयो काष्ठमण्डपमा गजुरको मुख्य भाग (फोटो फिचर)

काष्ठमण्डप (मरु सत्तल)को नयाँ गजुरको मुख्य भागको बिहीबार प्राण प्रतिष्ठा गरिएको छ।
बाजागाजासहित भित्र्याइयो काष्ठमण्डपमा गजुरको मुख्य भाग (फोटो फिचर)

काठमाडौं, साउन १४ : काष्ठमण्डप (मरु सत्तल)को नयाँ गजुरको मुख्य भागको बिहीबार प्राण प्रतिष्ठा गरिएको छ ।

श्रावण कृष्ण चतुर्दशीको दिन पारेर गजुरको मुख्यभाग प्राण प्रतिस्थापनसहित भित्र्याइएको हो ।

१२ वैशाख ०७२ को भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको काष्ठमण्डप पुनर्निर्माण जारी छ । स्थानीय केशव बज्राचार्यका अनुसार श्रीखण्ड तरूमुल महाविहार तथा काठमाडौं र ललितपुरका बज्राचार्यहरूद्वारा करिब चार–पाँच महिना अघिदेखि गजुरको मूलभागलाई महाविहारभित्र राखी विधिपूर्वक पुजाआजा गरी भित्र्याइएको हो ।

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्