Kathmandu Press

जोन्सन एन्ड जोन्सन खोप अभियानको पहिलो दिन (फोटो फिचर)

काठमाडौं, साउन ४ : आज (सोमबार) बाट ५० देखि ५४ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान सुरु भएको छ।आज बिहान १० बजे सुरु भएको...
जोन्सन एन्ड जोन्सन खोप अभियानको पहिलो दिन (फोटो फिचर)

काठमाडौं, साउन ४ : आज (सोमबार) बाट ५० देखि ५४ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान सुरु भएको छ।

आज बिहान १० बजे सुरु भएको यो अभियान साउन ६ गतेसम्मका चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्।

अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन खोप आजबाट लगाउन थालिएको हो। यो खोप एक डोज मात्र लगाए पुग्छ।

प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोनसन एन्ड जोनसनको खोप लगाउने कार्यको पनि आजै शुभारम्भ गरेका हन्।

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन्। कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए।

काठमाडौं उपत्यकाका ४४ खोप केन्द्रबाट यतिखेर धमाधम खोप दिने काम भइरहेको छ। काठमाडौंको नरदेवीमा सञ्चालित खोप केन्द्रमा पनि जोन्सन एन्ड जोन्सनको खोप लाउने कार्यक्रम चलिरहेको छ।

त्यहाँका दृश्यहरूलाई यसरी कैद गरिएको छ:

    

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्