खोप लगाउन भीड (फोटो फिचर)
काठमाडाैं, साउन १ : असार २८ गतेबाट नेपालमा चाइनिजत खोप भेरोसेलको पहिलो जोड लगाइँदै छ। भेरोेलको पहिलो डोज देशभर नै ५५ वर्षमाथि नागरिक...काठमाडाैं, साउन १ : असार २८ गतेबाट नेपालमा चाइनिजत खोप भेरोसेलको पहिलो जोड लगाइँदै छ। भेरोेलको पहिलो डोज देशभर नै ५५ वर्षमाथि नागरिक र प्राथमिकतामा परेकाहरुलाई लगाइँदै छ। याे अभियान साउन २ गेतसम्म चल्ने छ।
यो चरणमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई खोप दिइने छ। यस्तै,सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ।
खोप लगाउन काठमाडौं उपत्यकाका अधिकांश केन्द्रमा भीड लाग्ने गरेको छ। उपत्यकाका कलमपोखरीस्थित हिमाल अस्पताल, प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पताल, नरदेवीस्थित आयुर्वेदिक अस्पताललगायतमा सर्वधारणको भीड लाग्ने गरेको छ।
खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।