कोटेश्वरमा नेता नेपालको पुत्ला दहन (फोटोफिचर)
काठमाडौं, असार ३० : निवर्तमान प्रधानमन्त्री एनं नेकपा एमाले अध्यक्ष केपी ओली समूहका कार्यकर्ताले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पूत्ला दहन गरेका छन्।...काठमाडौं, असार ३० : निवर्तमान प्रधानमन्त्री एनं नेकपा एमाले अध्यक्ष केपी ओली समूहका कार्यकर्ताले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पूत्ला दहन गरेका छन्।
ओली समर्थक युवा संघका कार्यकर्ताहरूले कोटेश्वरमा नेपालको पुत्ला दहन गरेका हुन्। युवासंघका कार्यकर्ताले एक्कासि पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षप गरेको थियो।
सरकारी निवास बालुवाटार छाडेर बुधबार भक्तपुरको बालकोटस्थित निजी निवास गएका ओलीलाई पुर्याएर फर्केका कार्यकर्ताहरू कोटेश्वरमा भेला भएर नेता नेपालको विरोधमा उत्रिएका थिए। सोही क्रममा उनीहरूले कोटेश्वर चोकमा पुगेर कोण सभा पनि गरेका थिए।
कोटेश्वरको कार्यक्रमपछि प्रदर्शनकारी नेता नेपाल निवासतिर जान खोजेका थिए। प्रहरीले उनीहरूलाई रोकेका थिए। नेता नेपालको घर घेर्ने तयारी भइरहेको जानकारी आएपछि त्यसलाई रोक्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ।