निवर्तमान प्रधानमन्त्री ओली बालुवाटारबाट बालकोटसम्म पुग्दा (फाेटाे फिचर)
काठमाडौं, असार ३० : निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली बालुवाटारस्थित सरकारी निवास छाडेर आज बुधबार भक्तपुरको बालकोटस्थित निजी निवास पुगेका छन्।...
काठमाडौं, असार ३० : निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली बालुवाटारस्थित सरकारी निवास छाडेर आज बुधबार भक्तपुरको बालकोटस्थित निजी निवास पुगेका छन्।
बालुवाटारबाट निस्केदेखि बालकोट पुग्दासम्म ओलीलाई पार्टी कार्यकर्ताहरूको ठुलो भीडले साथ दिएको थियो। ठुलो वर्षा भइरहँदा पनि त्यसको पर्वाह नगरी ओलीलाई साथ दिन गाडी तथा मोटरसाइकलमा आएका कार्यकर्ताको भिडले र्यालीकै रूप लिएको थियो।
त्यसक्रममा उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतविरुद्ध नाराबाजी गरेका थिए।
निवासमा उनलाई टीका लगाएर स्वागत गरिएको थियो। त्यहाँ उनले पहिलो तलाबाट समर्थकलाई हात हल्लाएर अभिवादन गरेका थिए। त्यसैक्रममा ओलीले कार्यकर्तालाई सम्बोधन पनि गरेका थिए।












प्रकाशित मिति: १५:०० बजे, बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)