Kathmandu Press

निषेधाज्ञा खुलेयता १८ हजार ४९५ मा कोरोना संक्रमण, सतर्कता अपनाउन विज्ञको आग्रह

१६ वैशाखदेखि जारी निषेधाज्ञा सरकारले २२ असारदेखि खुकुलो बनाएको छ। निषेधाज्ञामा बन्द सार्वजनिक यातायात, पसल र व्यवसाय धमाधम खुलिरहेका छन्। त्यससँगै कोरोना संक्रमणको ग्राफ पनि विस्तारै उकालो लाग्दैछ।
निषेधाज्ञा खुलेयता १८ हजार ४९५ मा कोरोना संक्रमण, सतर्कता अपनाउन विज्ञको आग्रह

काठमाडौं, असार ३० : कोरोना प्रसार रोक्न जारी निषेधाज्ञा खुकुलो १८ हजार ४९५ जनामा संक्रमण देखिएको छ।

१६ वैशाखदेखि जारी निषेधाज्ञा सरकारले २२ असारदेखि खुकुलो बनाएको छ। निषेधाज्ञामा बन्द सार्वजनिक यातायात, पसल र व्यवसाय धमाधम खुलिरहेका छन्। त्यससँगै कोरोना संक्रमणको ग्राफ पनि विस्तारै उकालो लाग्दैछ।

Hardik ivf

नागरिकको सहजताका लागि सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि कोरोना संक्रमणको जोखिम उत्तिकै रहेकाले सतर्कता अपनाउन विज्ञहरूले आग्रह गर्दै आएका छन्। गत २२ असारदेखि मंगलबारसम्म देशभर कुल ८८ हजार पाँच सय ३१ जनामा कोरोना परीक्षण गरिएकामा १८ हजार ४९५ जनाको रिपोर्ट पजिटिभ आएको हो।

त्यस अवधिमा ११ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् भने एक सय ९४ संक्रमितको मृत्यु भएको छ। तथापि, निषेधाज्ञा खुकुलो भएयता विगतमा जस्तो संक्रमणको दर ह्वात्तै नबढेको सरकारी तथ्यांकले देखाउँछ।

त्यसको मुख्य कारण निषेधाज्ञाका कारण ‘चेन बे्रक’ भएको हुनसक्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। ‘कोरोना संक्रमितको संख्यामा कमी आउनुको कारण मानिसबाट मानिसलाई टाढा राखेर चेन ब्रेक भएर हो वा परीक्षण नै कम भएर हो भन्ने पुष्टि भइसकेको छैन। तर, विगतको तुलनामा अस्पतालमा बिरामीको संख्या पनि घटेको हुँदा संक्रमण नै नियन्त्रणमा आएको हुनसक्छ,’ उनी भन्छन्, ‘चेन ब्रेक भएकै कारण संक्रमितको संख्यामा कमी आएको हो भने निषेधाज्ञा खुकुलो हुनेबित्तिकै फेरि बिरामीको संख्या बढ्ने सम्भावना छ।’

कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा मानिसहरू अझ बढी संक्रमित हुनुका साथै स्वास्थ्यमा पनि बढी नै असर पारेको पाइएको छ। दोस्रो लहरमा एकैपटक धेरै मानिस कोरोना संक्रमित भएका कारण पनि अहिले विस्तारै संक्रमितको संख्या कम र निको हुनेको संख्या बढी भएको हुनसक्ने डा. पुन बताउँछन्।
 

प्रकाशित मिति: १२:०९ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्