Kathmandu Press

सर्वोच्चको फैसलाविरुद्ध माइतीघरमा युवासंघको प्रदर्शन (फोटोफिचर)

सर्वोच्चले फैसला गरेलगत्तै ओलीनिकट सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलनको घोषणा गरेका थिए।
सर्वोच्चको फैसलाविरुद्ध माइतीघरमा युवासंघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, असार २८ : सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली समूहका युवाहरू सडकमा उत्रिएका छन्। उनीहरूले माइतीघर मण्डलामा विभिन्न नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्। 

उनीहरूले प्रधानमन्त्री ओलीको तस्बिर अंकित ब्यानर बोकेर सबै फैसला मान्दैनौं भन्दै प्रदर्शन गरिरहेका हुन्। ‘शक्ति पृथकीकरणको रक्षा गरौं, संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘आइ एम विथ केपी ओली’ लगायत नारा लगाएका छन्। कतिपय आँखमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्। 

सर्वोच्च अदालतको संवैधानिक इजलासले आज (सोमबार) प्रतिनिधिसभा विघटन बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको हो।

Hardik ivf

सर्वोच्चले फैसला गरेलगत्तै ओलीनिकट सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलनको घोषणा गरेका थिए।

उनले सामाजिक सञ्जालमा लेख्दै बस्नेतले माइतीघर मण्डलामा विरोधका लागि आउन कार्यकर्तालाई आह्वान गरेका थिए।

‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंबैधानिक फैसलाकविरुद्ध बिरोध जनाऔं। आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलीय शासण व्यवस्थाको पुन बीजाजारोपण भएको दिन,’ उनले फेसब्ुकमा लेखेका छन्, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ।’

उनले परमादेश कार्यान्वयन असम्भव भएको बताएका छन्। ‘युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं,’ उनले लेखेका छन्।

सर्वोच्चको फैसलापछि अप्रिय घटना हुन सक्ने भन्दै सर्वोच्च अदालत आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिरचालन गरिएको छ।

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्