Kathmandu Press

आज न्यातपोलको ३२०औं वार्षिकोत्सव, फेरियो ध्वजा (फोटो फिचर)

काठमाडौं, असार २७ : आज (आइतबार) असार शुक्ल प्रतिपदा। अर्थात्, भक्तपुरस्थित पाँचतले मन्दिर न्यातपोलको उद्घाटन भएको दिन।नेपालको सबैभन्दा अग्लो मन्दिर न्यातपोल सन् १७०२ (नेपाल...
आज न्यातपोलको ३२०औं वार्षिकोत्सव, फेरियो ध्वजा (फोटो फिचर)

काठमाडौं, असार २७ : आज (आइतबार) असार शुक्ल प्रतिपदा। अर्थात्, भक्तपुरस्थित पाँचतले मन्दिर न्यातपोलको उद्घाटन भएको दिन।

नेपालको सबैभन्दा अग्लो मन्दिर न्यातपोल सन् १७०२ (नेपाल संवत् ८२२) मा राजा भूपतीन्द्र मल्लले निर्माण गरेका थिए। १ सय ८ फिट अग्लो उक्त मन्दिर बन्न २ सय १४ दिन लागेको थियो।

हरेक वर्ष आजकै दिन मन्दिरको शिरमा रहेको ध्वजा फेरेर मन्दिर स्थापनाको वार्षिकोत्सव मनाउने गरिन्छ।

Hardik ivf

यसै दिन  मन्दिरको छानामा फलेको घाॅसपात निकालि सफा पनि गरिन्छ।

सो ध्वजा भुसुरङ वा भुस्वरा भनिने तुछिमलाका अवाल जातका व्यक्तिहरुले फेर्ने परम्परा छ।

सिद्धिलक्ष्मी देवीको आराधनाका लागि बनाइएको न्यातपोल मन्दिरका पाँच तलाले पञ्चतत्व पृथ्वी, जल, अग्नि, वायु र आकाश जनाउँछन्।

 

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्