Kathmandu Press

फ्रन्टलाइनरको चित्र पुनः कोर्न माग गर्दै कलाकारले गरे प्रदर्शन (फोटोफिचर)

काठमाडौं, असार २० : कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरूको सम्मान स्वरुप रत्नपार्कको आकाशेपुलको भित्तामा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको विरोधमा कलाकारहरुले प्रदर्शन गरेका छन्।आइतबार...
फ्रन्टलाइनरको चित्र पुनः कोर्न माग गर्दै कलाकारले गरे प्रदर्शन (फोटोफिचर)

काठमाडौं, असार २० : कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरूको सम्मान स्वरुप रत्नपार्कको आकाशेपुलको भित्तामा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको विरोधमा कलाकारहरुले प्रदर्शन गरेका छन्।

आइतबार कलाकारहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै फ्रन्टलाइनरको सम्मान गर्न र पुनः चित्र कोर्न दिन माग गरेका छन् । दुजाङ शेर्पासहितका कलाकारले निषेधाज्ञाकै बीचमा सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा रत्नपार्कको आकाशेपुलमा चित्र बनाएका थियो ।

कलाकारहरुले ‘सक्छस् सम्मान गर नत्र अपमान नगर’, ‘डु वि डिजर्भ डिस्रेस्पेक्ट’, ‘वि वन्ट डिस ब्याक’ लगायतका ब्यानर र प्ले कार्डहरू प्रदर्शन गर्दै विरोध गरेका छन्।

कलाकारहरुले आइतबार महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउँउँदै पुनः चित्र कोर्न दिन माग गरेका छन् । वडा कार्यालयसँग अनुमति लिएर चित्रकला बनाए पनि अचानक मेटाउँदा फ्रन्टलाइनर र कलाकर्मीहरुको चित्त दुखेको चित्रकलाका परिकल्पनाकार दुजाङ शेर्पाले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १४:५१ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्