Kathmandu Press

दलितलाई कोठा नदिएको आरोप खेपेकी सरस्वतीको रिहाइ माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, असार ९ : दलितलाई कोठा भाडामा नदिएको आरोपमा हिरासतमा रहेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई रिहा गर्न माग गर्दै आज (बुधबार) प्रदर्शन गरिएको...
दलितलाई कोठा नदिएको आरोप खेपेकी सरस्वतीको रिहाइ माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, असार ९ : दलितलाई कोठा भाडामा नदिएको आरोपमा हिरासतमा रहेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई रिहा गर्न माग गर्दै आज (बुधबार) प्रदर्शन गरिएको छ।

रुपा सुनारले घर भाडा मिलिसकेर पनि दलित भनी थाहा पाएपछि कोठा नदिएको आरोपमा सरस्वती प्रधानमाथि दर्ता गरेको जातीय विभेदसम्बन्धी मुद्दाको विरोधमा बुधबार जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलमा प्रदर्शन गरिएको हो।

विरोध प्रदर्शनमा नेवार समुदायका मानिसहरूको उपस्थिति बाक्लो रहेको छ। काठमाडौंमा बबरमहलमा भेला भएका समर्थकहरुले ‘सरस्वती प्रधानलाई निःसर्त रिहाइ गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

 

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्