Kathmandu Press

बाढीपहिरोले ध्वस्त हेलम्बुका कहालीलाग्दा दृश्य (फोटोफिचर)

काठमाडौं, असार ६ : मेलम्ची नदीमा असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँगै हेलम्बु गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ।हेलम्बु-१ सेमेसिदाङ हिमालमुनि...
बाढीपहिरोले ध्वस्त हेलम्बुका कहालीलाग्दा दृश्य (फोटोफिचर)

काठमाडौं, असार ६ : मेलम्ची नदीमा असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँगै हेलम्बु गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ।

हेलम्बु-१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोले मेलम्ची थुनिर आएको ठूलो बाढीका कारण केही मानवीय क्षतिसँगै अर्बौंका भौतिक संरचना ध्वस्त भएको हो।

बाढीपहिरोमा परी चार महिलासहित २३ जना बेपत्ता रहेको गाउँपालिकाले जनाएको छ। बेपत्ता हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ।

Hardik ivf

बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत रहेको बताइएको छ। सोही ठाउँमा पहिरो खसेर फेरि मेलम्ची थुनिन सक्ने र मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रमा फेरि ठूलो बाढी आउने सम्भावना रहेकाले सतर्क हुन अपिल गरिएको छ।

बाढीले वितण्डा मच्चाउँदा हेलम्बु(१ मा दुईवटा मोटरेबल पुलसँगै अर्बौंको संरचना बगाएको वडाध्यक्ष अध्यक्ष मिङमार लामाले बताए। तीव्र विकासको गतिमा अगाडि बढिरहेको हेलम्बुमा धेरैको घर बताएको, राम्रो ठाउँ कतै बाँकी नरहेको उनको भनाइ छ।

हेलम्बुवासीले कहिल्यै नसोचेको विपत्ति आइदिँदा भर्खरै गति समात्दै गरेको विकास चार/पाँच दशक पछाडि धकेलिएको आँकलन त्यहाँका अगुवाहरूले गरेका छन्।  

हेलम्बु गाउँपालिका किउलमा रहेको टाउट्र माछा फार्म, इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन बगाएको छ। बाढीपहिरोले हेलम्बुमा बनाइएका सडक संरचना पनि ध्वस्त बनाएको छ।

हेलम्बु गाउँपालिकाका चनौटे बजार, किउल, तालामाराङ, ग्याल्थुम, तिपेनी हुदै मेलम्ची नगारपालिकाको मेलम्ची बजार डुबानमा पर्दा जनजीवन अस्तव्यस्त बनेको छ। धेरै  घरपरिवार विस्थापित भएका छन्।

कति घर बगेका छन् भने कतिका  पुरिएका छन्। हेलम्बु र मेलम्चीवासीले राहतभन्दा पनि  ध्वस्त संरचना र बस्ती पुनःस्थापनाको योजना ल्याउन सरकारसँग आग्रह गरेको छ।

 

 

 

 

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्