Kathmandu Press

रानीमहल बनेन, साङ्लो चाहिँ के होला ?

मिस नेपाल बन्ने प्रायः हरेक सुन्दरीको सपना हुन्छ – नेपाली चलचित्र उद्योगमा स्थापित हुने । सन् २०१७ की मिस नेपाल निकिता चन्दकको पनि यहीँ सपना थियो ।

मिस....

रानीमहल बनेन, साङ्लो चाहिँ के होला ?
Hardik ivf

मिस नेपाल बन्ने प्रायः हरेक सुन्दरीको सपना हुन्छ – नेपाली चलचित्र उद्योगमा स्थापित हुने । सन् २०१७ की मिस नेपाल निकिता चन्दकको पनि यहीँ सपना थियो ।

मिस नेपाल बन्ने पहिलो मारवाडी सुन्दरी निकिता रानीमहल नामक चलचित्रको मुख्य अभिनेत्रीको रुपमा छनौट पनि भएकी थिइन् । तर, रानीमहलको छायाङ्कन  नसकिँदै निर्देशक र निर्माताबीच आर्थिक विषयमा विवाद बढ्यो र फिल्म बनेन । 

ढिलै सही, निकिताको नेपाली फिल्म खेल्ने सपना पूरा हुँदैछ । कुनै बेलाका ‘एक्सन स्टार’ विराज भट्टको पहिलो निर्देशनमा बन्न लागेको चलिचित्र ‘साङ्लो’ को मुख्य अभिनेत्रीको रुपमा उनी छानिएकी छिन् । 
निकिताले गत शुक्रवार विराजसँग गरेको सम्झौताको फोटो आफ्नो इन्स्टाग्रामबाट सेयर गरेकी छिन् । 

प्रकाशित मिति: १७:०७ बजे, आइतबार, माघ १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्