स्रोत नखुलेको १८ लाखसहित दुई भारतीय नागरिक पक्राउ
वीरगञ्ज, असार १२ : स्रोत नखुलेको १८ लाख रुपैयाँसहित पर्सा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार,....

वीरगञ्ज, असार १२ : स्रोत नखुलेको १८ लाख रुपैयाँसहित पर्सा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, भारतको बिहारका २० वर्षीय रंजन दास र २९ वर्षीय बाला यादव पक्राउ परेका हुन्।
वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट अगाडिबाट पक्राउ गरिएको हो। ना २५ प ३८५६ नम्बरको मोटरसाईकलमा रहेका दास र ना ५८ प ८८३९
नम्बरको मोटरसाइकलमा रहेका यादवलाई जाँच गर्दा १८ लाख रुपैयाँ भेटिएको हो। खुट्टामूनि बाँधेर ल्याएको अवस्थामा पैसा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूसँग भएको पाँच हजार ५० भारतीय रुपैयाँ पनि नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, असार १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


