स्वदेश फर्कियो राष्ट्रिय टिम (फोटो फिचर)
काठमाडौं, जेठ ३० : विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेलर नेपाली टिम नेपाल फर्किएको छ। कुवेतमा विश्वकप र एसिया कप छनोट...
काठमाडौं, जेठ ३० : विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेलेर नेपाली टिम नेपाल फर्किएको छ। कुवेतमा विश्वकप र एसिया कप छनोट खेलेर नेपाली टिम कतार हुँदै आइतबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।
नेपाली टिमलाई विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले स्वागत गरेका थिए ।
नेपालले दोस्रो चरणको छनोटमा तीन खेल खेल्यो । जसमा चाइनिज ताइपेइलाई २–०ले हाराएको नेपाली टिम जोर्डन र अस्ट्रेलियासँग समान ३–०ले पारजित भएको थियो।
छनोटको समूह बीमा रहेको नेपाल समूहमा चौथो स्थानमा रहे पनि एसिया कप छनोटको तेस्रो चरणमा सिधै छनोट हुन भने सकेन । तेस्रो चरण प्रवेशका लागि नेपालले प्लेअफ खेल्ने छ।













प्रकाशित मिति: २२:५६ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)