Kathmandu Press

हेलिकप्टरले जाेगायाे ७ महिनामा २३ गर्भवती आमाको ज्यान

काठमाडौं, असार १० : सुत्केरी हुन नसकि ज्यान जोखिममा परेका २३ जना आमाको हेलिकप्टमार्फत उद्धार गरिएको छ ।

गत पुसयता हुम्ला, दोलखा, तेह्रथुम, ध....

हेलिकप्टरले जाेगायाे ७ महिनामा २३ गर्भवती आमाको ज्यान

काठमाडौं, असार १० : सुत्केरी हुन नसकि ज्यान जोखिममा परेका २३ जना आमाको हेलिकप्टमार्फत उद्धार गरिएको छ ।

गत पुसयता हुम्ला, दोलखा, तेह्रथुम, धादिङ, डोल्पा, बाजुरा, मुगु र गोर्खालगायतका जिल्लाका दुर्गम गाउँबाट २३ जना गर्भवती आमाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका हिमाली तथा पहाडी क्षेत्रका सडक पुग्न नसकेका ठाउँबाट उनीहरूको उद्धार गरिएको राष्ट्रपति महिला उत्थान समन्यवका इकाइ प्रमुख अञ्जु ढुंगानाले बताइन्। उनका अनसार, सडक नपुगेका ति ठाउँका गर्भवती तथा सुत्केरी आमाहरुको ज्यान जोगाउन हवाइ उद्धार गरिएको हो।

Hardik ivf

हिमाली तथा पहाडी क्षेत्रका दुर्गम ३४ जिल्लाका जोखिममा रहेका सुत्केरी महिलाको हवाइ उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम संचालन गरिएको छ। यसका लागि सरकारले ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाइ उद्वारसम्बन्धी कार्यविधि, २०७५’ बनाएको छ।

यसरी हुन्छ उद्धार

सरकारले तोकेका ३४ हिमाली तथा पहाडी जिल्लामा गर्भवती महिलाको ज्यान जोखिममा छ भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी वा स्वास्थ्यकर्मीले राष्टपति महिला उत्थान समन्यव एकाई वा प्रमुख अञ्जु ढुंगानालाई फोन गर्छन्।

त्यो खबर पाएपछि समन्वय एकाईले तुरुन्तै गृह मन्त्रालयलाई पत्राचार गर्छ।  गृहले खबर त्यसलाई नेपाली सेनाको हवाई सेवा निर्देशनालयमा खबर गर्छ। खबर पाएको २० मिनेटभित्रै सेनाको हेलिकप्टर उड्ने गर्छ।

अहिलेसम्म खबर पाउने बित्तिकै उद्धार गरिएको छ। ‘ज्यान जोगाउने कार्यमा ढिलाइ हुँदैन र अहिलेसम्म ढिलाइ भएको छैन,’ प्रमुख ढुंगानाले कामठाडौं प्रेससँग भनिन्।

सुत्केरी आमाको उद्धार गर्दा डेढ लाखसम्म खर्च हुने गरेको छ। समन्वय एकाईका अनुसार, नजिकका ठाउँमा कम र टाढामा धेरै खर्च लाग्छ। कुनै ठाउामा सानो हेलिकप्टरले काम गर्छ भने कुनै ठाउँमा ठूलो हेलिकप्टर पठाउनु पर्छ।

डोल्पा, मुगुजस्ता दुर्गमका हिमाली जिल्लाबाट उद्धार गर्दा बढी खर्च लाग्ने गरेको ढुंगानाले बताइन्। उनका अनुसार, गोर्खालगायतका नजिकका जिल्लाबाट उद्धार गर्दा ९६ हजार र डोल्पा, मुगुजस्ता टाढाका जिल्लाबाट उद्धार गर्दा एक लाखा ५० हजारसम्म खर्च भएको छ।

प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, असार १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्