Kathmandu Press

पाल्पामा पनि लगाउन शुरु भयो कोरोनाविरुद्धको भेरोसेल खोप (फोटोफिचर) 

पाल्पा, जेठ २५ : पाल्पामा पनि ६२ देखि ६४ वर्षभित्रका नागरिकका लागि कोरोना भाइरस विरुद्धको भेरोसेल खोप आज (मंगलबार) बाट सुरु भएको छ...
पाल्पामा पनि लगाउन शुरु भयो कोरोनाविरुद्धको भेरोसेल खोप (फोटोफिचर) 

पाल्पा, जेठ २५ : पाल्पामा पनि ६२ देखि ६४ वर्षभित्रका नागरिकका लागि कोरोना भाइरस विरुद्धको भेरोसेल खोप आज (मंगलबार) बाट सुरु भएको छ ।

पाल्पा जिल्लाका करीब ४ हजार १ सय ६२ देखि ६४ वर्ष उमेर समूहले लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जिल्लाका १० स्थानीय तहले तथ्यांक संकलन गरी स्वास्थ्य कार्यालयमा पठाएका छन् । यसअघि भने ६० देखि ६४ वर्ष उमेर समूहको तथ्यांक संकलन गरिएको थियो ।

तर ५० प्रतिशत मात्र खोप आएकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार खोप अपुग हुने भएपछि ६२ देखि ६४ वर्षकालाई मात्र लगाउने निर्णय भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले बताए ।

यसका लागि सम्बन्धित स्थानीय तहले तोके पनि नागरिकको दबाबमा थप स्रोत व्यवस्थापन गरेर प्रत्येक वडामा खोप केन्द्र रहेको छ । तर केही स्थानीय तहले भने प्रत्येक वडामा खोप केन्द्र राखेको छैन ।

 

प्रकाशित मिति: १९:०२ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्