Kathmandu Press

महानगरभित्र ६०–६४ उमेर समूहलाई भेरोसेलको पहिलो डोज लगाइँदै (फोटो फिचर)

जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई भेरोसेलको पहिलो डोज लगाउन महानगरले तालिका बनाएको छ।
महानगरभित्र ६०–६४ उमेर समूहलाई भेरोसेलको पहिलो डोज लगाइँदै (फोटो फिचर)

काठमाडौं, जेठ २५ : काठमाडौं महानगरपालिकामा ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाइँदै छ। सोमबारबाट सुरु भएको भेरोसेलको पहिलो डोज अभियान जेठ २९ सम्म जारी रहने छ।

खोप लगाउनका लागि महानगरका ३२ वटै वडामा केन्द्र तोकेको छ । जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने महानगरले तालिका बनाएको छ।

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्