विपक्षी संगठनले जलाए प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)
काठमाडौं, जेठ २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) ले सोमबार प्रधानमन्त्री...
काठमाडौं, जेठ २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी बिकास मन्त्री राजेन्द्र महतोको पुत्ला जलाएका छन् ।
काठमाडौंको पेप्सीकोला नजिकै नेविसंघका नेता, कार्यकर्ताले प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाएको हो । उक्त क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
यस्तै, माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) ले मीनभवमा ओली र महतोको पुत्ला जलाएको हो ।
सरकारका पछिल्ला असंबैधानिक र प्रतिगामी कदम र देशद्रोही, राष्ट्रघाती निर्णय र उपप्रधानमन्त्री महतोको राष्टघाती भनाइका बिरुद्धमा संघ केहि दिनयता विपक्षी विद्यार्थी संगठन आन्दोलनमा रहेका छन् ।






















प्रकाशित मिति: २०:४१ बजे, सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)