Kathmandu Press

२० प्रतिशत छुटले निषेधाज्ञाबीच साल्ट ट्रेडिङमा उपभोक्ताको भिड (फोटो फिचर)

सरकारले निषेधाज्ञा अवधिभर केही दैनिक उपभोग्य वस्तुमा २० प्रतिशत छुट दिने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिंग कर्पोरेसनबाट खरिद गर्दा मात्र त्यस्तो छुट पाइने व्यवस्था गरिएको छ।
२० प्रतिशत छुटले निषेधाज्ञाबीच साल्ट ट्रेडिङमा उपभोक्ताको भिड (फोटो फिचर)

काठमाडौं, जेठ २० : यतिखेर कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि भन्दै सरकारद्वारा निषेधाज्ञा जारी छ।

कोरोना प्रभावितलाई राहत मिलोस् भन्दै सरकारले निषेधाज्ञा अवधिभर केही दैनिक उपभोग्य वस्तुमा २० प्रतिशत छुट दिने भएको छ।

सरकारी स्वामित्वमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिंग कर्पोरेसनबाट खरिद गर्दा मात्र त्यस्तो छुट पाइने व्यवस्था मिलाइएको छ।

Hardik ivf

सरकारी योजनाअनुरूप नै ती दुवै संस्थानले बिहीबार सूचना जारी गर्दै चामल, सिमी, पिठो, दाल, नुन, भटमास, तेल, चिनी र एपी ग्यासमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको जानकारी दिएका छन्।

त्यसो त यसअघि थपिएको एक साताको निषेधाज्ञालाई थप कडा पार्ने भन्दै क्रममा खाद्यान्न पसल तथा डिपार्टमेन्ट स्टोर खोल्न नदिइँदा साल्ट ट्रेडिङले सम्पर्क नम्बर दिएर अर्डरअनुसारका सामग्री घरघरमै पुर्याउने व्यवस्था मिलाएको थियो।

तर पछिल्लोपटक थपिएर आज (शुक्रबार) बाट जारी निषेधाज्ञा केही खुकुलो भई खाद्यान्न पसल तथा डिपार्टमेन्ट स्टोर खुलेसँगै सरकारको योजनाअनुरूप ती दुई संस्थानले २० प्रतिशत छुटलाई कार्यान्वयनमा ल्याएका हु्न्।

छुटको सूचना पाएपछि ग्याँस तथा अन्य खाद्यान्न खरिदका लागि शुक्रबार (आज) साल्ट ट्रेडिङ आसपासमा उपभोक्ताको भिड लागेको छ।

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्