Kathmandu Press

स्टार्टअप व्यवसाय प्रवर्धन गर्न पाँच वर्ष आयकर छुट

काठमाडौं, जेठ १५ : स्टार्टअप व्यवसायले कारोबार सुरु गरेको पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट पाउने भएको छ।अर्थमन्त्री विष्णु पौडेलले  आगामी आर्थिक वर्ष २०७८/७९...
स्टार्टअप व्यवसाय प्रवर्धन गर्न पाँच वर्ष आयकर छुट

काठमाडौं, जेठ १५ : स्टार्टअप व्यवसायले कारोबार सुरु गरेको पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट पाउने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले  आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

स्टार्टअप व्यवसाय प्रवर्धन गर्न आयकर छुटको नीति लिएको उनले जानकारी दिए।

निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा पाँचवटा स्टार्टअप व्यवसायलाई बढीमा एक लाख रुपैयाँका दरले बिउ पुँजी उपलब्ध गराए सो रकम करयोग्य आयमा कट्टी गर्न पाउने व्यवस्था समेत बजेटमा गरिएको छ।

प्रकाशित मिति: १९:०६ बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्