तोलामा चार सयले घट्यो सुनको मूल्य
काठमाडौं, जेठ १४ : शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको...
काठमाडौं, जेठ १४ : शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ ।
बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तेजावी सुनको प्रतितोल मूल्य ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ। बिहीबार उक्त सुन ९३ हजार सात सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
पछिल्लो तीन दिनदेखि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको बजार खरिद बिक्री मूल्य प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ छ ।
प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






