Kathmandu Press

कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

काठमाडौं, जेठ १३ : सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको...
कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

काठमाडौं, जेठ १३ : सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ ।

अर्थ मन्त्रालयले आज देशका विभिन्न ४१ अस्पताललाई रु एक अर्ब १ करोड बराबरको स्रोत सुनिश्चित गरेको हो । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, सङ्खुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रङ्गेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई  समान रु तीनरतीन करोड बराबरको बजेट उपलब्ध भएको छ ।

यस्तै बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताललाई पनि समान तीन तीन करोड उपलब्ध गराइएको छ । पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्बीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताले पनि रु तीन÷तीन करोड बराबरको बजेट पाएका छन् ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताललाई रु छ करोड, गजेन्द्रनारायण अस्पताललाई नौ करोड,  तुल्सीपुर अस्पताललाई र  भक्तपुर अस्पताललाई  १२ करोड बराबरको स्रोत सुनिश्चित गरिएको छ । आइसीयु भेन्टिलेटरतर्फ धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  र लुम्बनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई  एक करोड ८० लाखका दरले बजेट उपलब्ध गराउने सहमति दिइएको छ ।

गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताललाई, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोशी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खत प्रदेश अस्पताललाई रु एक करोड २० लाखका दरले स्रोत सुनिश्चित गरिएको छ । कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई रु तीनरतीन करोड बराबरको बजेट सुनिश्चित गरिएको छ ।

मन्त्रालयले मेची अस्पताल र धौलागिरी अस्पताललाई ६० लाखका दरले र  सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र  भरतपुर अस्पताललाई दुई करोड ४० लाखको स्रोत सुनिश्चित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माग गरेअनुरुप अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको छ ।

प्रकाशित मिति: १८:५५ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्