Kathmandu Press

तोलाको ७०० ले बढ्यो सुनको मूल्य

काठमाडौं, जेठ १३ : बिहीबार नेपाली बजारमा सुनको मूल्य  ७०० रुपैयाँले  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला  ९४...
तोलाको ७०० ले बढ्यो सुनको मूल्य

काठमाडौं, जेठ १३ : बिहीबार नेपाली बजारमा सुनको मूल्य  ७०० रुपैयाँले  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला  ९४ हजार २०० रुपैयाँ कायम भएको छ।

यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ। 

यस्तै, चाँदीको मूल्य भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ। 

प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्