Kathmandu Press

घरमै तरकारी पुर्‍याउँदै कृषि एम्बुलेन्स (फोटोफिचर)

काेराेना नियन्त्रण गर्न लगाइएकाे निषेधाज्ञामा तानसेन नगरपालिकामा भने घरघरमै तरकारी र फलफूल पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ। 
घरमै तरकारी पुर्‍याउँदै कृषि एम्बुलेन्स (फोटोफिचर)

तानसेन जेठ १३ : कोभिड-१९ महामारीको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा लागू गरिएको छ। यस्तो बेला पाल्पाको तानसेन नगरपालिकामा भने घरघरमै तरकारी र फलफूल पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ। 

निषेधाज्ञामा नगरवासीलाई सहज होस भनेर कृषि एम्बुलेन्स सञ्चालन गरिएको तानसेनका मेयर अशोककुमार शाहीले बताए। यसले बिहान खुल्ने खाद्यान्न पसलमा भीड पनि नहुने र स्थानीय बासिन्दाले सहज रुपमा दैनिक उपभोग्य सामान पनि पाउने गरेको उनको भनाइ छ। 

तानसेन नगरपालिका र बिभिन्न संघसंस्थाको सहयोगमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो। अहिले तानसेनमा पनि निषेधाज्ञा लगाइएको छ। 

Hardik ivf

 

प्रकाशित मिति: ०६:४२ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्