Kathmandu Press

बुद्ध जयन्तीमा सुनसान बौद्धनाथ, औपचारिकताका लागि सामान्य पूजापाठ (फोटोफिचर)

निषेधाज्ञाकै बीच एकछिन भेला भएर बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक-उपासिकाहरुले स्वयम्भू, बौद्धलगायत चैत्यहरूमा औपचारिकताका लागि सामान्य पूजा तथा शान्ति प्रार्थना गरेर बुद्धजयन्ती मनाए।
बुद्ध जयन्तीमा सुनसान बौद्धनाथ, औपचारिकताका लागि सामान्य पूजापाठ (फोटोफिचर)

काठमाडौं, जेठ १२ : आज (बुधबार) वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औं बुद्धजयन्ती। विश्व शान्तिका अग्रदूत एवं एसियाका ताराका रूपमा परिचित भगवान् गौतम बुद्ध जन्मेको, ज्ञान पाएको र महापरिनिर्वाण प्राप्त गरेको तिथि परेको दिन।

आजकै दिनमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरू चैत्य, गुम्बा तथा विहारहरुमा भेला भई पूजापाठ गरेर भगवान् बुद्धप्रति श्रद्धा तथा भक्तिभाव प्रकट गर्दछन्। त्यसैले आज त्यस्ता ठाउँहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने दिन हो।

तर कोरोना महामारीले निम्त्याएको भयावह परिस्थितिका कारण चैत्य, गुम्बा तथा विहारहरु सुनसान बनेका छन्। कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रणमा लिन अहिले निषेधाज्ञा जारी छ। त्यसकारण भक्तजन घरघरमै सीमित हुनुपर्दा बौद्ध धर्मसँग सम्बन्धित धार्मिक स्थलहरू सुनसान बनेका हुन्।

निषेधाज्ञाकै बीच एकछिन भेला भएर बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक-उपासिकाहरुले स्वयम्भू, बौद्धलगायत चैत्यहरूमा औपचारिकताका लागि सामान्य पूजा तथा शान्ति प्रार्थना गरेर बुद्धजयन्ती मनाए।

गएको वर्षको बुद्ध जयन्तीमा पनि बन्दाबन्दी नै थियो। तर त्योभन्दा अगाडिका बुद्ध जयन्तीमा भने स्वयम्भू, बौद्धलगायत धार्मिक स्थलमा खुट्टा राख्ने ठाउँसम्म भेटिन्नथ्यो।

काठमाडौंको बौद्धस्थित सुनसान बौद्धनाथ र त्यहाँका बौद्ध गुरुहरूले एकैछिन भेला भई पूजापाठ गर्दाका दृश्य यस्ता छन्ः 

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्