राष्ट्र बैंकको निर्देशन : बैंकका सीमित शाखा मात्र खोल्नु
काठमाडौं, जेठ १० : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।सीमित कर्मचारी राखेर सेवा...
काठमाडौं, जेठ १० : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।
सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरुलाई आज एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको हो ।
कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भिडभाड कम नभएको जस्ता गुनासोपछि राष्ट्र बैंकले इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
सूचना अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा वाणिज्य बैंकले काठमाडौंमा तीन, विकास बैंकले दुई र फाइनान्सले एउटा मात्र शाखा खोलेर सेवा दिनुपर्ने जनाइएको छ ।
ललितपुरमा वाणिज्य बैंकले दुई, भक्तपुरमा एक तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा एक÷एक शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।




-1790252522.jpg)






