रिट दायर गर्न १४६ जना सांसद यसरी पुगे सर्वोच्च अदालत (फोटो फिचर)
काठमाडौं, जेठ १० : प्रतिनिधिसभामा तत्काल कायम दुई सय ७१ मध्ये ५३ दशमलव ८७ प्रतिशत अर्थात् एक सय ४६ जना सांसदले सोमबार सशरीर...
काठमाडौं, जेठ १० : प्रतिनिधिसभामा तत्काल कायम दुई सय ७१ मध्ये ५३ दशमलव ८७ प्रतिशत अर्थात् एक सय ४६ जना सांसदले सोमबार सशरीर उपस्थित भएर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध रिट दायर गरे ।
बहुमत सांसदहरू सशरीर अदालतमा उपस्थित भएर प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा दायर गरेको नेपालको संसदीय व्यवस्थाको इतिहासमा पहिलो घटना हो ।
कांग्रेस, माओवादी केन्द्र, एमाले (नेपाल समूह), जसपा (उपेन्द्र समूह) र राष्ट्रिय जनमोर्चाका सांसदहरूले ७ जेठ मध्यरातपछि प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको निर्णयविरुद्ध कानूनी लडाईँ अगाडि बढाएका हुन् ।














प्रकाशित मिति: १५:४४ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)