चालु आवमा निर्यात ३२ प्रतिशत बढ्यो
काठमाडौं, जेठ १० : चालु आर्थिक वर्षको दश महिनामा निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो...
काठमाडौं, जेठ १० : चालु आर्थिक वर्षको दश महिनामा निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।
चालु आव २०७७/७८ को पहिलो दश महिनाको तथ्याङ्कअनुसार यस अवधिमा एक खर्ब आठ अर्ब ४७ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ८२ अर्ब छ करोड ४६ लाख रुपैइाँ बराबरको वस्तु निर्यात भएको थियो ।
सरकारले गत आव २०६६/६७ मा रु एक खर्ब बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि चालु आवको दश महिनाको अवधिमा उक्त लक्ष्य पूरा भएको हो ।
यसैगरी दश महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले आयातमा वृद्धि भएको छ ।
यसवर्ष व्यापार घाटा २१.४८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव चार र निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५९ प्रतिशतले घटेको छ ।
दश महिनामा ११ अर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो ।




-1790252522.jpg)






