Kathmandu Press

बढ्यो सुनको मूल्य

काठमाडौं, जेठ ९ : आइतबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार...
बढ्यो सुनको मूल्य

काठमाडौं, जेठ ९ : आइतबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । 

गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ। 

यस्तै चाँदी भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घटेर आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: ११:२५ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्