एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
काठमाडौं, जेठ ७ : एनसेल आजियाटा लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट हस्तान्तरण गरेको...
काठमाडौं, जेठ ७ : एनसेल आजियाटा लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट हस्तान्तरण गरेको छ।
शुक्रबार १५० थानमध्ये केही संख्यामा अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। यस्तै उक्त कन्सन्ट्रेटर्स कोरोना संक्रमितको उपचारका लागि जिल्लास्तरीय अस्पतालहरुमा वितरण गरिनेछन्।
साथै कम्पनीले एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा सम्पर्कगरि कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सक्ने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






