चन्द्रागिरिको आइसोलेसन केन्द्रमा क्लासिक टेकको निःशुल्क इन्टरनेट सेवा
काठमाडौं, जेठ ६ : चन्द्रागिरि वडा नम्बर ८ मा रहेको आइसोलेसन केन्द्रको लागी क्लासिक टेकले निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ। ‘नगर स्तरिय आइसोलेसन केन्द्रको...
काठमाडौं, जेठ ६ : चन्द्रागिरि वडा नम्बर ८ मा रहेको आइसोलेसन केन्द्रको लागी क्लासिक टेकले निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ।
‘नगर स्तरिय आइसोलेसन केन्द्रको लागि निशुल्क इन्टरनेट सेवा’ अभियान अन्तर्गत रहेर उक्त सेवा आइसोलेसनमा रहेको प्रशासनिक, बिरामी तथा परिवारजनको लागि निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ।
आइसोलेसनमा रहेका संक्रमितहरुलाई घर परिवारसँग अनलाइनमा कुराकानी गर्न र कुरुवाहरुलाई समेत सहज बनाउने उद्देश्यले क्लासिक टेकले आइसोलेसन केन्द्रमा इन्टरनेट जडान गरेको हो । साथै त्यहाँ कार्यरत चिकित्सक, नर्स र सम्पूर्ण कर्मचारीहरुले क्लासिक टेकले निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितहरुलाई समय बिताउन सजिलो भएको आईसोलेसन केन्द्रका कर्मचारीहरु बताउँछन्।
आइसोलेसन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको हो । जहाँ एकैपटकमा १ सय जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्ने कम्पनीको दावी छ।




-1790252522.jpg)






