Kathmandu Press

निषेधाज्ञामा ग्राहकसँग अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, जेठ ४ : निषेधाज्ञा अवधिभरमा ग्राहकहरुसँग कर्जामा अतिरिक्त शुल्क नलिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। मौद्रिक नीतिको त्रैमासिक...
निषेधाज्ञामा ग्राहकसँग अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, जेठ ४ : निषेधाज्ञा अवधिभरमा ग्राहकहरुसँग कर्जामा अतिरिक्त शुल्क नलिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ग्राहकसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो।

राष्ट्र बैंकले निषेधाज्ञा सकिएको एक महिनासम्म कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। 

स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुले अक्सिजन प्लान्ट स्थापना गर्न कर्जा माग गरे आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकले  स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरूलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्न २० करोड रुपैयाँसम्मको ऋण एक वर्षका लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ।

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्