कोरोना कहरबीच रातो मछिन्द्रनाथको सांकेतिक रथयात्रा (फोटोफिचर)
कोरोना भाइरसको महामारीका यो पटक रथयात्रा सांकेतिक रुपमा मात्र तानिएको छ । ललितपुरको पुल्चोक शनिबार दिउँसो २ बजे सुरु भएको रथ २५ मिनटर मात्र तानिएको थियो ।काठमाडौं, जेठ १ : कोरोना कहरबीच वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा गरिएको छ। कोरोना भाइरसको महामारीका यो पटक रथयात्रा सांकेतिक रुपमा मात्र तानिएको छ । ललितपुरको पुल्चोक शनिबार दिउँसो २ बजे सुरु भएको रथ २५ मिनटर मात्र तानिएको थियो ।
रथयत्रमा १५० जनाले सहभागी थिए । २५ मिटर रथ तानेर रथयात्रा विसर्जन गरिएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन बुधबार पाटनस्थित तःबहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो।
अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात छन्, रातो मच्छिन्द्रनाथ । लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशलगत्तै सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा रथ तान्ने गरिन्छ।
प्रकाशित मिति: १८:०८ बजे, शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१