Kathmandu Press

यस्तो छ अत्याधुनिक गोदावरी सनराइज सम्मेलन केन्द्र

ललितपुर, वैशाख ३१ : ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहलसहितको अत्याधुनिक सम्मेलन केन्द्रको निर्माण भएको छ । प्रधानमन्त्री केपी ओलीकै पहलमा शहरी...
यस्तो छ अत्याधुनिक गोदावरी सनराइज सम्मेलन केन्द्र

ललितपुर, वैशाख ३१ : ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहलसहितको अत्याधुनिक सम्मेलन केन्द्रको निर्माण भएको छ । प्रधानमन्त्री केपी ओलीकै पहलमा शहरी विकास मन्त्रालय निर्माण गरेको उक्त सम्मेलन केन्द्रको शुक्रबार नै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने छन्। प्रधानमन्त्रीको शपथ लिए लगत्तै प्रधानमन्त्री ओली सम्मेलन केन्द्रको बालुवाटारबाटै उद्घाटन  गर्ने छन्।

एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो अत्याधुनिक भवन हो । सम्मेलन केन्द्रको नाम ‘गोदावरी सनराइज’ दिइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव नहोस भन्दै ०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयले यो सभाहल निर्माणको कार्य अघि बढेको थियो। सम्मेलन केन्द्रका लागि सरकारले ८१ करोड खर्चेको  छ । ११ रोपनी ०६ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ०३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङस्थल रहेको छ ।

Hardik ivf

मुख्य हल प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हल निर्माण भएका छन् ।  २८ मिटर अग्लो उक्त भवनमा दुई तला उचाइ बराबरको हल हुनेछ । यसका साथै उक्त भवनमा विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्‍न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्षसमेत बनेका छन्।

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्