Kathmandu Press

टेलिकमले ल्यायो एकमहिने ‘लकडाउन स्टे कनेक्टेड' अफर

काठमाडौं, वैशाख ३० : कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले शुक्रबमरबाट एक महिने अफर ल्याउने भएको छ। टेलिकमले वैशाख...
टेलिकमले ल्यायो एकमहिने ‘लकडाउन स्टे कनेक्टेड' अफर

काठमाडौं, वैशाख ३० : कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले शुक्रबमरबाट एक महिने अफर ल्याउने भएको छ। टेलिकमले वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर ल्याउने भएको हो । 

यो अफरअन्तर्गत ग्राहकले अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस पाउनेछन्। अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपियाँमा उपलब्ध गराउने हुनेछ। उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ। यो अफर २४ घण्टासम्म चलाउन पाइने छ।

दैनिक रुपमा एक पटक प्याक खरिद गरी बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म डाटा प्रयोग गर्न पाउने जनाएको छ। मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने समेत जनाएको छ । दुई सय देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा पाइनेछ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्नुपर्नेछ ।  

यसै गरी ५०० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र उक्त डाटा ४ दिनभित्र प्रयोग गरी सक्नुपर्ने टेलिकमले जानाएको छ। 

प्रकाशित मिति: १६:२० बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्