Kathmandu Press

सुनसान तानसेन (तस्बिरहरू)

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाले पाल्पा सदरमुकाम तानसेन बजार सुनसान बनेको छ। 
सुनसान तानसेन (तस्बिरहरू)
तस्बिरहरू : मनिष अर्याल

पाल्पा, वैशाख ३० : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाले पाल्पा सदरमुकाम तानसेन बजार सुनसान बनेको छ। 

पाल्पामा वैशाख १८ गतेबाट निषेधाज्ञा लागू गरिएको छ। पसल बन्द छन्। लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन्। पानी बोकेका ट्याङ्कर, ढुवानी साधन र एम्बुलेन्स फाटफुट मात्र गुडेका छन्। सर्वसाधारण पनि खासै सडकमा निस्किएका छैनन्। 

Hardik ivf

निषेधाज्ञा पूर्णरुपमा पालना भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसलाई प्रभावकारी बनाउन जिल्लाभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र तानसेनमा नेपाली सेनाले समेत गस्ती गरिरहेको छ। 

वैशाख २९ गतेसम्म पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार तीन सय पुगेको छ। कोरोनाबाट ५४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

 

प्रकाशित मिति: ०६:४३ बजे, बिहीबार, वैशाख ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्