तस्बिरमा रातो मछिन्द्रनाथको रथारोहण
उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन बुधबार पाटनस्थित त:बहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो । रथमा देवता राखेको तीनदिन पछि रथ यात्रा सुरु हुन्छ ।
काठमाडौं, वैशाख २९ : निषेधाज्ञाबीच ललितपुरमा वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा बुधबारबाट सुरु भएको छ । प्रत्येक वर्ष मातातीर्थ औंसी भोलिपल्ट बाट रातो मछिन्द्रनाथको जात्रा सुरु हुन्छ ।
उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन बुधबार पाटनस्थित त:बहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो । रथमा देवता राखेको तीनदिन पछि रथ यात्रा सुरु हुन्छ ।
अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात छन्, रातो मच्छिन्द्रनाथ । लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशलगत्तै सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा रथ तान्ने गरिन्छ।








प्रकाशित मिति: २०:३२ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)