मातातीर्थ औँसीमा सुनसान मातातीर्थ (फोटो फिचर)
‘कोरोना बढेसँगै दर्शनार्थीलाई भित्र प्रवेशमा रोक लगाइएको छ’ मातातीर्थ व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम उदासले भने, ‘अहिले नियमित नित्य पूजा र श्राद्ध मात्र गरिरहेका छौं ।’काठमाडौं, वैशाख २८ : आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । मातातीर्थ औँसीका दिन हजारौं भीड लाग्ने काठमाडौंको चन्द्रगिरी नगरपालिकामा अवस्थित मातातीर्थ मन्दिर सुनसान छ।
मंगलबार बिहान मातातीर्थ पुग्दा मन्दिरको मुल ढोका बन्द थियो । २–४ जना प्रहरी र मन्दिर व्यवस्थापन समितिका केही मानिस मात्र थिए, गेटै अगाडि एक जोडी पण्डित दम्पित पनि थिए।
कोरोना भाइरसको दोस्रो लहर फैलिए पछि दर्शनार्थीलाई मन्दिर प्रवेशमा रोक गाइएको छ। ‘कोरोना बढेसँगै दर्शनार्थीलाई भित्र प्रवेशमा रोक लगाइएको छ’ मातातीर्थ व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम उदासले भने, ‘अहिले नियमित नित्य पूजा र श्राद्ध मात्र गरिरहेका छौं ।’
मातातीर्थ औँसीक दिन प्रत्येक वर्ष मेला लाग्ने गरेको मार्तातीर्थमा कोरोना भाइरसको महामारीका कारण दुई वर्षदेखि मेला लाग्न सकेको छैन।
'