नेमारले गरे पिएसजीसँग सम्झौता नवीकरण
पेरिस, वैशाख २५ : ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले पिएसजीसँगको सम्झौता नवीकरण गरेका छन् । उनले पिएजसीसँगको सम्झौता ३ वर्ष नवीकरण गरेका हुन् ।...
पेरिस, वैशाख २५ : ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले पिएसजीसँगको सम्झौता नवीकरण गरेका छन् । उनले पिएजसीसँगको सम्झौता ३ वर्ष नवीकरण गरेका हुन् । अब नेमार सन् २०२५ सम्म फ्रेन्च क्लबमै रहने छन्।
नेमार सन् २०१७मा बार्सिलोनाबाट कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पिएसजी आएका थिए। पिएसजी युरोपियन फुटबलमा असफल भइरहेपछि नेमार पुनः बार्सिलोना नै फर्कन चाहेका थिए । उन क्लबमा फर्काउन बार्सिलोनाले पनि पटक–पटक प्रयास गरेको थियो।
सन् २०१७ यता नेमारले पिएसजीमा ११२ खेल खेल्दै ८५ गोल गरेका छन् भने ६४ असिस्ट गरेका छन् । पिएसजीमा उनले ३ लिग वानसहित ९ उपाधि जितेका छन् भने क्लबलाईच्याम्पियन्स लिगको फाइनलसम्म पु¥याएका छन्।
प्रकाशित मिति: १८:५५ बजे, शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











