Kathmandu Press

महिला बास्केटबलमा दोस्रो दिन चार खेल, पुलिसदेखि बागमतीसम्म विजयी

फुल कोर्ट ९५×५० विधाअन्तर्गत भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गरेको छ । त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ अङ्कको फराकिलो अन्तरले हराएको छ ।
महिला बास्केटबलमा दोस्रो दिन चार खेल, पुलिसदेखि बागमतीसम्म विजयी

सुर्खेत, मंसिर ९ : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार दोस्रो दिन चार खेल सम्पन्न भएका छन् । 

बुधबार भएका खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश विजयी भएका छन् ।

फुल कोर्ट ९५×५० विधाअन्तर्गत भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गरेको छ । त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ अङ्कको फराकिलो अन्तरले हराएको छ ।

यसैगरी, थ्री अन थ्री ९३×३० विधाअन्तर्गत भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३–८ अङ्कले पराजित गरेको छ । अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८–३ अङ्कले हराउँदै जित निकालेको छ ।

बुधबार भएका चार खेलमध्ये मधेश प्रदेशले दुवै विधामा पराजय व्यहोरेको छ । महिला बास्केटबलका दुवै विधामा प्रतिस्पर्धा जारी रहेको छ ।

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, मंसिर ९, २०८३