Kathmandu Press

टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषणा

नयाँ दिल्ली, वैशाख २५ : आईसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषणा भएको छ। चेतन शर्माको नेतृत्वमा रहेको छनोट समितिले न्युजिल्यान्डविरुद्धका...
टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषणा

नयाँ दिल्ली, वैशाख २५ : आईसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषणा भएको छ। चेतन शर्माको नेतृत्वमा रहेको छनोट समितिले न्युजिल्यान्डविरुद्धका टेस्ट च्याम्पियनसिप फाइनलका लागि २० सदस्यीय भारतीय टिम घोषणा गरेको हो।

विराट कोहलीको कप्तानीमा शनिबार घोषणा गरिएको २० सदस्यीय टिममा ६ टपअर्डर ब्याट्सम्यान, ३ विकेटकिपर ब्याट्सम्यान, २ अलराउन्डर, ३ स्पिनर र ६ फास्टबलर छन् ।

Hardik ivf

१८ जुनमा हुने फाइलनका लागि घोषणा गरिएको टिममा रविन्द्र जडेजा र हनुमान बिहारीले चोटमुक्त हुँदै पुनरागमन गर्दा अलराउन्डर हार्दिक पाण्ड्या र ओपनर पृथ्वी श भने टिममा अटाउन सकेनन् ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइलन साउथह्याम्पटनस्थित हाम्सायर बाउलमा हुनेछ । टेस्ट च्याम्पियनसिप फाइनल १८ जुन देखि २२ जुनसम्म चल्नेछ। टेस्ट च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो हुँदै फाइनल पुगेका हुन् । १ अगस्त सन् २०१९ बाट सुरु भएको टेस्ट च्याम्पियनसिपमा सहभागी ९ टिमले ६ सिरिज खेलेका थिए ।

प्रकाशित मिति: १०:२७ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्