आहा रारा गोल्डकपको विजेताले आठ लाख पाउने
पोखरा, माघ १२- सहारा क्लबद्वारा सञ्चालित मोफसलको चर्चित आहा रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि गरिएको छ।
आगामी फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ....
पोखरा, माघ १२- सहारा क्लबद्वारा सञ्चालित मोफसलको चर्चित आहा रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि गरिएको छ।
आगामी फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा हुने १७औँ संस्करणको सो प्रतियोगताको विजेताले यसपटक रु आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगर पुरस्कार जिल्नेछन्।
अघिल्लो पटकको सो प्रतियागिताअन्तर्गत विजेताले रु सात लाख एक हजार र उपविजेताले रु तीन लाख ५१ हजार नगद प्राप्त गरेको सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ।
कार्यक्रममा सराहा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार फुटबल प्रतियोगितालाई थप महत्व प्रदान गर्न पुरस्कारको राशिमा वृद्धि गरिएको हो । निर्माणाधिन पोखरा रङ्गशालामा आवश्यकताअनुसार अस्थायी प्याराफिट बनाएरै पनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको साख जोगाइ राख्ने पक्षमा रहेको उनले बताए ।
प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय, विदेशी र आयोजक टिमको सहभागिता हुने छ भने विदेशी टिमको छिनोफानो हुने क्रममा रहेको आयोजकले जनाएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको सो प्रतियोगताबाट रु एक करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ रु ३२ लाख दुई हजार बचत गरिने क्लबको लक्ष्य रहेको महासचिव विश्वराज बरालले जानकारी दिए ।
यस्तै एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान वापत रु ३५ हजार प्रदान गरिने सो प्रतियोगितामा सर्वाधिक गोलकर्ता, फेयर प्ले र विधागत पुरस्कारसमेत प्रदान गरिने छ । खेलकूदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबले फुटबलबाट भएको आम्दानीबाट पोखरा–१७ दोविल्लामा रहेको सहारा एकेडेमी सञ्चालन गरी विपन्न तथा कठिन परिस्थितिका २८ बालकलाई फुटबल सिकाएर आवासीय सुविधा प्रदान गर्दै आएको छ ।