Kathmandu Press

निषेधाज्ञाबीच बन्दैछ रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)

ललितपुर दबार स्क्वायरमा रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि दैनिक ३० जना स्थानीयवासी खटिन्छन् । महामारीबीच पनि रथयात्राका लागि गुठी संस्थानले अनुमति दिएकाले रथ निर्माणलाई तीव्रता दिइएको हो। यस वर्ष रथ तान्ने साइत १ जेठमा परेको छ।
निषेधाज्ञाबीच बन्दैछ रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)

काठमाडौं, वैशाख २२ : कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं उपत्यकामा वैशाख मसान्तसम्म निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी भइरहेको छ । उपत्यकावासीको असीम श्रद्धा रहेको रथयात्राको तयारीलाई कोरोना कहरले रोक्न सकेको छैन । रथयात्राका लागि अहिले रथ निर्माण जारी छ ।

पुल्चाेकमा रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि दैनिक ३० जना स्थानीयवासी खटिन्छन् । महामारीबीच पनि रथयात्राका लागि गुठी संस्थानले अनुमति दिएकाले रथ निर्माणलाई तीव्रता दिइएको हो। यस वर्ष रथ तान्ने साइत १ जेठमा परेको छ।

Hardik ivf

प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुन्छ । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात छन्, रातो मच्छिन्द्रनाथ । लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशलगत्तै सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा रथ तान्ने गरिन्छ।

 

 

 

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्