भारतमा पेट्रोल,डिजेलको मूल्यवृद्धि
नयाँ दिल्ली, वैशाख २२ : भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ। मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो। बुधबार पेट्रोलको...
नयाँ दिल्ली, वैशाख २२ : भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ। मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो।
बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ। राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ।
भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए। मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो।
सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन्।
प्रकाशित मिति: १३:४२ बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











