नेपालमा हरित हाइड्रोजन उत्पादनमा जोड
काठमाडौं, वैशाख २२ : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीकाबीचमा वेबिनार कार्यक्रमको आयोजना गरेको छ।वेबिनारमा साउदी अरबका लागि नेपाली राजदूत डा। महेन्द्रप्रसाद सिंह, नेपाली...
काठमाडौं, वैशाख २२ : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीकाबीचमा वेबिनार कार्यक्रमको आयोजना गरेको छ।
वेबिनारमा साउदी अरबका लागि नेपाली राजदूत डा। महेन्द्रप्रसाद सिंह, नेपाली राजदूतावास, बहराइनका लागि राजदूत पदम सुन्दास, कुवेतका लागि राजदूत दुर्गाप्रसाद भण्डारी, संयुक्त अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि राजदूत उदयराज पाण्डे, पाकिस्तानका लागि राजदूत तापस अधिकारी, दक्षिण अफ्रिकाका लागि राजदूत डा। निर्मलकुमार विश्वकर्मा तथा नेपाली राजदूतावास इजिप्टका उपनियोग प्रमुख दीपक घिमिरेलगायतको सहभागिता रहेको थियो।
नेपालजस्तो विकासोन्मुख मुलुकमा कोरोना महामारीका कारण पर्न गएको असर र यसबाट नेपाली अर्थतन्त्रलाई कसरी बचाउने लगायतका विषयमा छलफल भएको हो। कार्यक्रमका संयोजक ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले महामारी नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख्न आर्थिक कूटनीति सञ्चालनको जिम्मेवारीलाई साथसाथै अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन्।
संयोजक पराजुलीले नेपालमा हरित हाइड्रोजन उत्पादनको सम्भावना र त्यसका लागि वैदेशिक लगानी आकर्षित गर्न सकिने सम्बन्धमा आफ्ना विचार व्यक्त गरेकी हुन्। पराजुलीको अवधारणालाई कार्यक्रममा महत्त्वकासाथ हेरिएको छ।











