कोभिड–१९ बाट मृत्यु भएका नागरिकको शव उच्च सम्मान साथ दाहसंस्कार (फोटो फिचर)
नेपाली समाजमा महिलाले पार्थिव शरीर छुन नहुने अन्धविश्वास पाइन्छ। नेपाली सेनाको कुरा बेग्लै छ। अहिले कोभिड–१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला नै परिचालन गरिएको छ, जसबाट समाजमा व्याप्त अन्धविश्वास तोड्न मद्दत पुगेको छ।काठमाडौं, वैशाख १८ : कोभिड–१० का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि (दोस्रो संशोधन), २०७७ ले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ। सेनाले मृतकको शव उच्च सम्मानका साथ व्यवस्थापन गर्दै आएको छ।
जेठ ०७७ यता करिब पाँच हजार सैनिक शव व्यवस्थापनमा खटिएका छन्। काठमाडौं उपत्यकामा मात्रै २० वटा युनिटलाई शव व्यवस्थापन तालिम दिइएको छ। देशभरका युनिटले कोभिड–१९ बाट मृत्यु भएका नागरिकको शव उच्च सम्मान साथ दाहसंस्कार गर्छन्।
नेपाली सेनाले जेठ ०७७ यता काेराेना संक्रमणबाट मृत्यु भएका तीन सयबढी सब व्यवस्थापन गरिसकेकाे छ।
नेपाली समाजमा महिलाले पार्थिव शरीर छुन नहुने अन्धविश्वास पाइन्छ। नेपाली सेनाको कुरा बेग्लै छ। अहिले कोभिड–१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला नै परिचालन गरिएको छ, जसबाट समाजमा व्याप्त अन्धविश्वास तोड्न मद्दत पुगेको छ।