Kathmandu Press

निषेधाज्ञामा साँखुमा बज्रयोगिनी जात्रा (फोटो फिचर)

निषेधाज्ञाबीच नै साँखुमा गत मंगलबारबाट सुरु भएको बज्रयोगिनी जात्रा ८ दिन ९ रातसम्म चल्ने छ। शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नौ दिनसम्म मनाइन्छ ।
निषेधाज्ञामा साँखुमा बज्रयोगिनी जात्रा (फोटो फिचर)

काठमाडौं, वैशाख १७ : काठमाडौं उपत्यकाका तीन जिल्लासहित कोरोना भाइरस संक्रमणको जोखिममा रहेका केही जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाकै समयमा काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुमा भने जात्रा चलिरहेको छ।

निषेधाज्ञाबीच नै साँखुमा गत मंगलबारबाट सुरु भएको बज्रयोगिनी जात्रा ८ दिन ९ रातसम्म चल्ने छ। शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नौ दिनसम्म मनाइन्छ ।

जात्रामा ब्याधिनी, सिघिंनी बज्रयोगिनी तथा चैत्यको मुर्तिलाई बज्रयोगिनी मन्दिरको आशनबाट निकाली खटमा बोकेर साँखुमा ल्याइन्छ।

Hardik ivf

राजा संखदेवले कालीगढ संम्बत १८०१ मा संखरापुर बस्ती ‘हालको साँखु’ बसालेको भन्ने इतिहास मान्यता रहेको पाइन्छ । राजा संखदेवले बस्ती बसाएपछि कालीगढ संम्वत १८१८ बाट बज्रयोगिनीको जात्रा सुरुवात भएको मान्यता छ ।

 

 

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्