Kathmandu Press

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौं, वैशाख १७ : खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा थापालाई कोरोना पोजेटिभ पुष्टि भएको हो। थापाले...
खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौं, वैशाख १७ : खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

पीसीआर परीक्षणमा थापालाई कोरोना पोजेटिभ पुष्टि भएको हो। थापाले छोरीलाई कोरोना संक्रमण भएपछि बिहीबार पिसिआर परिक्षण्का लागि स्वाब दिएका थिए । 

कोरोनाको सामान्य लक्षण मात्र देखिएको थापाले काठमाडौं प्रेसलाई जानकारी दिए । छोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि थापा केही दिनदेखि होम आइसोलेसनमा बसेका थिए । 

प्रकाशित मिति: ११:२८ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्