Kathmandu Press

घरेलु मैदानमा पराजित हुँदा बार्सिलोनाले गुमायो शीर्ष स्थानमा पुग्ने अवसर 

घरेलु मैदानमा पराजित हुँदा बार्सिलोनाले गुमायो शीर्ष स्थानमा पुग्ने अवसर 

काठमाडौं, वैशाख १७ : स्पेनिस ला लिगा अन्तर्गतको गएराति सम्पन्न खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ।

बिहीबार राति भएको खेलमा बार्सिलोना ८ औं स्थानको ग्रानडासँग २-१ गोलअन्तरले पराजित भएको हो । घरेलु मैदानमै हार व्यहोरेपछि बार्सिलोनाले लिग तालिकाको शीर्ष स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा कप्तान लियोनल मेस्सीले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। एन्टोनी ग्रिजम्यानको पासमा मेस्सीले गोल गर्दै पहिलो हाफ १-० गोलअन्तरले सुरक्षित राखे पनि दोस्रो हाफमा २ गोल खान पुग्यो।

खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली पराजित भएको हो। बार्सिलोना ३३ खेलबाट ७१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानको एथ्लेटिको मड्रिडले समान खेल खेलेर ७३ अंक जोडेको छ। त्यस्तै दोस्रो स्थानको रियल मड्रिडको पनि ७१ अंक छ। 

प्रकाशित मिति: ०९:०० बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्